राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै, सोमबार बोलकबोल हुने
राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै, सोमबार बोलकबोल हुने
केन्द्रीय बैंकले ९१ दिनको लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी चैत २० गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।यो ट्रेजरी २०८१ असार १९ गते परिपक्व हुनेछ । त्यसैगरी एक वर्षको लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी भने २०८१ पुस १६ गते परिपक्व हुनेछ ।ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।




