आन्तरीक पर्यटक तान्दै पर्वतको भुकदेउराली

अचेल मानिसहरु एकान्त मन पराउन थालेका छन् । शहरी भिडभाड, कोलाहल र शहरीया खानापिन भन्दा ग्रामीण परिवेश उनीहरुलाई मन पर्न थालेको छ । केहि बर्ष अघिसम्म विकट मानिने गाउँहरुमा अचेल बजारका मानिसहरुले भरीभराउन हुन थालेको छ । गाउँमा बस्ने मानिसहरु भौतिक सुख र सुविधा खोज्न शहर झर्ने गरेका छन् भने, शहर बजारमा बस्नेहरुले केहि दिन भए पनि गाउँमा विताउने रहर गर्न थालेका छन् ।

उसो त, पछिल्लो समय बजारका सुविधाहरु गाउँमा पनि पाइन्छन् । सडक पुगेको छ । खानेपानी र विद्युतको समस्यामा अधिकांश गाउँहरुमा छैन । स्वादको हिसावले स्थानीय परिकार गाउँमा उपलब्ध हुन्छ ।

५० को दशकमा जिल्लाको विकट जस्तै मानिने मोदी गाउँपालिकाको भुकदेउराली अहिले पर्यटकहरुको रोजाईको केन्द्र बनेको छ । गाउँमा धेरै मानिसहरु विदेशमा छन् । विदेशमा गए पनि त्यहाँको कमाईले विदेशीका स्थानीयले गाउँको सम्भता भने बचाईराखेका छन् । गाउँमा सडक पुगेको छ ।

विजुली बलेको सम्भवत यो गाउँ जिल्लाकै पहिलो गाउँ हो । जनजातिहरुको बाहुल्यता रहेको भुक देउराली हिमालको फेदमा मिलेर बसेको सुन्दर गाउँ हो । ६० को दशकमा देशको आन्तरीक युद्धले यहाँका धेरै मानिसहरु बजार झरे, देशमा नयाँ परिर्वतन पछि ७० को दशकमा यहाँ सडक पूर्वाधार बन्यो, स्थानीयले आफ्नो संस्कृति कला र सभ्यता जोगाउनका लागि अहिले होम स्टे सञ्चालनमा ल्याएका छन् ।

गाउँमा सामुदायिक भवन छ । सयौ मानिसलाई आवासीय सुविधा दिन मिल्ने यहाँ होम स्टेको सुविधा छ । यत्तिले मात्र पुग्दैन गाउँमा स्थानीय कला र संस्कृतिक प्रदर्शन गर्ने स्थानीयहरुको जमर्को पनि छ । यहि वीचमा भुक देउरालीमा पुग्ने मानिसहरुको संख्यामा अहिले उल्लेख्य बृद्धि भएकोछ ।

वडा अध्यक्ष टेक बहादुर गुरुङले सस्तो मूल्यमा आवासीय सुविधा मिलेपछि ग्रामीण परिवेश हेर्न मानिसहरुको घुइचो लाग्ने गरेको बताउँछन् । भुकदेउरालीको फेदीबाट भवरकोट, जलजला र हम्पालका लेकहरुको ट्रेकिङ समेतमा जान सकिन्छ । घना जंगलका वीचमा रहेको वस्तीहरुमा जंगली जनावरहरुको अवलोकन देखि विहानको सूर्योदयसंगै हिमालका रक्ताम्य दृश्यहरु समेतको अवलोकन यहि ठाउँबाट गर्न सकिन्छ । अहिले भुकताङले र लप्सीबोटमा गरी दुई दर्जन बढि घरहरुमा होम स्टेको सुविधा छ ।

2.5/5.0 Article rating
2 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button