साताको अन्तिम दिन ह्वात्तै घट्यो सुनको मूल्य
स्थानीय बजारमा आज (शुक्रबार) सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन उच्च रेकर्ड कायम बनाएको सुन आज ३ हजार ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार ४०० रुपैयाँ भएको जनाएको छ ।अघिल्लो दिन बिहीबार तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो । सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ ।
आज प्रतितोला चाँदी १ हजार ८७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।