क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालतमा पुनरावेदन जाने भएका छन् । उनलाई गत पुस १३ गते काठमाडौं जिल्ला अदालतमा न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गरेको थियो । बलात्कार मुद्दामा दोषी ठहर भएका लामिछानेको मुद्दामा सजाय निर्धारण गर्न आज पेशी तोकिएको थियो । अदालतले लामिछानेलाई आठ वर्ष कैद सजाय सुनाएको छ । त्यस्तै, जरिवाना र क्षतिपूर्तिबापत पाँच लाख कसुरदार लामिछानेबाट भराउने फैसला समेत भएको छ ।

लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणले उनी दोषी रहेको प्रमाणित गर्न नसक्ने बताएका छन् । अदालतको फैसला त्रुटिपूर्ण र नमिलेको भन्दै उनले उच्च अदालतमा पुनरावेदन जाने बताए ।

लामिछानेका कानुन व्यवसायी घिमिरेले भने, ‘कुनै पनि वस्तुगत आधार, प्रमाणहरूले दोषी नदेखिँदा नदेखिँदै पनि सन्दीप लामिछाने दोषी भएको अवस्था छ ।…हामीले निर्दोषितको माग गर्दागर्दै पनि हामीलाई न्यूनतम सजायको माग गर्नुपर्ने अवस्था कानूनी हिसावले हाम्रो दायित्व रहेको हुनाले त्यो गर्नुपरेको हो’ ।

3.0/5.0 Article rating
2 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button