विवाहअघि लाइसेन्स लिने व्यवस्था गरौं : आरजु राणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने धारणा राखेकी छन् । बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा उनले लाइसेन्स लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्ने हो भने बालबिवाह र जबर्जस्ती विवाह रोकिने दाबी गरिन् ।

‘विवाह दर्ता गर्नु पहिला नै लाइसेन्स लिनुपर्‍यो । त्यो बेला नागरिकता हुनैपर्‍यो । यो भयो भने मायामा फसाएर विवाह गर्ने ट्राफिकिङ पनि रोकिन्छ । विवाह गर्छु भनेर भगाएर बेच्ने परम्परा पनि रोकिन सक्छ । कति जनाले बुबा आमालाई समेत झुक्याएर विवाह गरिदिएका हुन्छन् । लाइसेन्स लिएर विवाह गर्ने भएपछि सबै तथ्य आवश्यक भयो । यो एउटा एकदमै राम्रो उपाय हुनसक्छ’ उनले भनिन् ।

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button