पर्वत कांग्रेस जिल्ला सम्मेलनको तयारीमा, एमाले जिल्ला अधिवेशनको संघारमा
जिल्लामा क्रियाशिल दुई राजनैतिक दलहरुले जिल्लाका गतिविधिहरुलाई क्रियाशिल बनाएका छन् । नेपाली कांग्रेसले आगामी माघ महिनामा जिल्ला सम्मेलनको तयारी गरेको छ भने, एमालेले जिल्ला अधिवेशन गर्ने तयारी गरीरहेको छ ।
हिजो मात्रै जिल्ला कार्य समितिको वैठकबाट कांग्रेसको जिल्ला सम्मेलनको निर्णय भएको छ ।
पाटी सभापति युवराज जोशीको अध्यक्षतामा जिल्ला पाटी कार्यालयमा बसेको वैठकले केन्द्रिय अध्यक्ष शेरबहादुर देउवाको उपस्थितीमा जिल्ला सम्मेलन गर्ने कांग्रेसले तयारी गरेको छ । पाटी सचिव गुप्तनीधि शर्माले वैठकबाट विभिन्न उप समितिहरु गठन भएको जानकारी दिएका छन् । सम्मेलनलाई सम्पन्न गर्नका लागि कांग्रेसले १५ बटा उप समितिहरु गठन गरेको छ । सम्मेलन पूर्व पाटी सदस्यता नविकरण गर्ने उद्देश्य सहित कांग्रेसले माघ १५ गतेसम्म पाटी सदस्यता नविकरण गर्ने समेत निर्णय गरेको छ ।
यसैवीच एमाले पर्वतले आगामी माघ ३ गते जिल्ला कमिटि वैठकको आब्हान गरेको छ । पाटी केन्द्रिय सचिव गोर्कण विष्टको उपस्थितीमा आयोजना गरेको उक्त वैठकले आगामी जिल्ला अधिवेशनको मिति तय गर्ने एमाले श्रोतको भनाई छ । एमालेको प्रदेश कमिटि वैठकले आगामी चैत मसान्त भित्रमा जिल्ला कमिटिहरु गठन गर्ने निर्णय गरेसंगै प्रदेशका जिल्ला कमिटिहरुले जिल्ला अधिवेशनको मिति तय गरेका छन् । जिल्ला कमिटि पर्वतले पनि आगामी अधिवेशनको मिति तय गर्नेछ ।
वर्तमान कार्य समितिको म्याद अझै १ बर्ष रहे पनि एमालेले संगठन सुढिकरण अभियान अन्तर्गत कमिटिहरु ठूला र भद्दा भएको भन्दै कमिटिको आकार घटाउनका लागि अधिवेशनहरु गर्ने निर्णय गरेको हो ।