पैयूँको विकासले गति लिएको छ : सांसद गिरी

 प्रतिनिधि सभाका सदस्य एवम् पूर्व मन्त्री पदम गिरीले पैयूँ गाउँपालिकामा विकास आयोजनाहरु धमाधम शुरु भईरहेको बताएका छन् । पर्वतको सुदुर दक्षिण क्षेत्र विकासको हिसावले पछिल्लो समयमा उदाहरणीय बनेको भन्दै पूर्व मन्त्री गिरीले विकासका आयोजना सम्पन्न गर्न सवैको साथ र सहयोग हुनुपर्ने धारणा राखेका हुन् ।

नेकपा (एमाले) पैयूँ गाउँ कमिटिको दोस्रो अधिवेशनको उद्घाटन गर्दै सांसद गिरीले पैयूँ गाउँपालिकाको विकासले गति लिएको बताएका हुन् । सडक, खानेपानी, अस्पताल र पुल निर्माणका कामहरुका कारण विकसित पैयूँ बन्ने तर्फ गाउँपालिका अग्रसर बन्दै गएको गिरीको भनाई छ ।

आफू सांसद हुँदा दुराबस्थामा रहेका सडकहरु केहि बर्षमै कालोपत्रे हुँदा सदरमुकामसंगको सम्पर्क नजिकएको गिरीको भनाई छ । विकास निर्माण एउटा निरन्तरको प्रक्रिया रहेको भन्दै गिरीले विकासको नाउँमा अनावश्यक राजनीति कसैले पनि गर्न नहुने बताए ।

कार्यक्रममा एमाले गण्डकी प्रदेश उप सचिव मञ्जु अधिकारी, गण्डकी प्रदेश सरकारका मन्त्री तथा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य मित्रलाल बस्याल, गण्डकी प्रदेश सचिवालय सदस्य शान्ता पौडेल, एमाले जिल्ला अध्यक्ष गोविन्द पहाडी, गण्डकी प्रदेश कमिटि सदस्य महेन्द्र श्रेष्ठ लगाएतले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए ।
एमालेको गाउँ अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button