बाल गायक सचिन परियारको निधनमा प्रधानमन्त्रीले गरे दुःख व्यक्त
बालगायक सचिन परियारको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत बिहीबार उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको बताएका छन् । सामाजिक सञ्जालमा भाइरल बालगायकको रुपमा चर्चित परियार बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।