“लैजाऊ तिम्रो सम्झना” सार्वजनिक

काठमाडौं। एबी इन्टरटेन्मेन्ट नेपालले नयाँ नेपाली गीत “लैजाऊ तिम्रो सम्झना मुटु चिरेर” सार्वजनिक गरेको छ। शिवराज विश्वकर्माको सुमधुर आवाजमा रहेको यो गीतले प्रेम, विछोड र भावनात्मक संवेदनालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।

गीतमा सरस्वती खत्री, दीपेन्द्र सोनाम र लक्की कुँवर को अभिनय रहेको छ। उनीहरूले गीतमा समावेश कथालाई जीवन्त बनाउने प्रयास गरेका छन्। आयुष क्षेत्री (प्रिन्स) को निर्देशनमा तयार गरिएको भिडियोमा प्रेम, वेदना र सम्बन्धको तिक्ततालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।

गीतका शब्द र संगीत विष्णु भट्टले तयार पारेका छन् भने संगीत संयोजन विशाल निरौलाले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ रञ्जन राईले गरेका हुन्, जसलाई अलंकार डिजिटल स्टुडियोमा तयार पारिएको हो।

गीतको छायांकन रेशम दर्लामीले गरेका छन् भने सम्पादन तथा रंग संयोजन कल्पेश विश्वकर्माले गरेका छन्। भिडियोको मेकअप सरिता प्रजापतिले तयार पारेकी छिन् भने कलाकारहरूको पहिरन भ्यालेन्टिनो द बुटिक ले उपलब्ध गराएको हो।

गीतको सम्पूर्ण पोस्ट-प्रोडक्सन कार्य एबी इन्टरटेन्मेन्टले गरेको हो। संगीतप्रेमीहरूले गीतलाई रुचाउने र यसको भावनात्मक पक्षले मन जित्ने अपेक्षा गरिएको छ।

video

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button