रौतहटमा महिलाको शव गाडेको अवस्थामा भेटियो

रौतहट । रौतहटमा ५० वर्षीय महिलाको शव फेला परेको छ । वृन्दावन नगरपालिकाको वडा नम्बर–१ स्थित जंगलमा महिलाको शव फेला परेको रौतहट प्रहरीले पुष्टि गरेको छ ।

नगरपालिकाको विश्रामपुरस्थितको जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला परेको गरुडा प्रहरी प्रमुख राजन कार्कीले बताए । फेला परेको शव वृन्दावन नगरपालिकाको वडा नम्बर–१ की फूलमतिया देवीको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी गएको १४ गते आफ्‌नो घरबाट बेपत्ता भएकी थिइन् । बेपत्ताको आठौँ दिनपछि आज उनको शव फेला परेको हो‍ ।

प्रहरीमा उजुरी आएपछि तालिमप्राप्त कुकुरको सहयोगमा खोजी गर्दा फूलमतियाको शव जंगलमा गाडेको अवस्थामा फेला परेको गरुडा प्रहरीका डीएसपी कार्कीले बताए । फेला परेको शव हत्या गरिएको हुन सक्ने विश्लेषण गर्दै प्रहरीले अनुसन्धान सुरु गरिसकेको उनले बताए ।

हत्यामा संलग्न रहेको आरोपमा अहिलेसम्म दुई जनालाई पक्राउसमेत गरिसकेको उनले जानकारी दिए । ‘बरामद महिलाको शव सनाखत भइसकेकोले कसले र किन हत्या गरेको हो ? त्यसबारे विस्तृत अनुसन्धान भइरहेको छ,’ रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायले जनाए ।

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

User Rating: 4.4 ( 1 votes)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button