हुण्डी कारोवारी चिनियाँ महिला २१ लाख नगदसहित पक्राउ
प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।मिति २०८१ चैत २० गते महाबौद्धस्थित हुण्डी कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जनसेवाबाट खटिएको प्रहरी टोलीले चिनियाँ नगरिक रिक्शे वाङमोलाई पक्राउ गरेको हो ।
प्रहरीले वाङ्मोको साथबाट अवैध २० लाख ९२ हजार नगद बरामद गरेको छ । वाङ्मोलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका वाङ्मो तिब्बत स्थायी वतन तथा सुजा ३ जोगिन्दर नगर, मडी भारत ठेगाना भई हाल जिल्ला बौद्ध, बस्ने वर्ष २६ वर्षिया महिला हुन् ।