एतिहासिक चौर संरक्षण कार्यमा स्थानीय युवाको सक्रियता

पर्बत। कुश्मा नगरपालिका वडा न. ६ स्थित एतिहासिक बान्द्रेबुढी चौर सुधार तथा संरक्षण कार्य को थालनी गरिएको छ ।

स्थानीय सचेत नागरिक युवा समुहाद्वारा अस्थित्व नै मेटिन लागेको उक्त चौरको सुधार गर्न लागिएको स्थानीय युवा संबिधान गिरी ले हामीलाई बताउनु भयो ।

बान्द्रेबुढी चौर मोदी खोलाको किनारमा पर्ने एक रमणीय तथा पर्यटकीय सौन्दर्य बोकेको ठाउ हो । यस ठाउँ बाट खोला पारी ज्ञादी का सुन्दर हरियाली फाँट , एसियाकै अग्लो र लामो कुश्मा ज्ञादी जोड्ने झुलुंगे पुल लगाएत मोदी खोला बगेको सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । उक्त ठाउको संरक्षण गरि एक पर्यटकीय गन्तव्यको रुपमा प्रचार प्रसार गर्न सकिएको खण्डमा स्थानीय अर्थतन्त्र वृद्धि गर्नको लागि समेत सहयोग पुग्ने देखिन्छ ।

छाडा चौपाया देखी खुल्ला दिशा पिसाब ले गर्दा उक्त ठाउको सौन्दर्य हराई सकेको अवस्था रहेको हुँदा स्थानीय युवाहरु अग्रसर भैं अहिले यो ठाउको संरक्षण कार्य जारि भैरहेको छ । सकारात्मक परिवर्तन ल्याउन हामी तयार छौं तपाईहरु पनि हामिलाई साथ दिनुहोस्। हामिलाई बिरोधी परिभाषित गर्न नखोज्नुस । सहकार्यको वातवरण मिलाउनुस युवा नै देश को शक्तिमान् र शक्तिशाली शक्ति हो समाजको लागी हरेक प्रकारको लडाइँ मा होमिन तयार छौ भन्दै सम्पुर्ण सरकारी तथा गैरसरकारी निकाया लगायत संघ संस्था हरुलाई समेत हातेमालो गरेर अगाडी बढ्न आवाहान गरेका छन ।

तस्विरहरु :-

No Article rating
0 Reviews
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button