तीनकुनेमा रहेको व्यन्जन हाउसमा दुई दिन ‘विन्टर फेस्टिवल अर्गानिक मार्केट’ सुरु
काठमाडौँको बागमति नदी किनार तीनकुनेमा रहेको व्यन्जन हाउसमा दुई दिन ‘विन्टर फेस्टिवल अर्गानिक मार्केट’ सुरु भएको छ । व्यन्जन हाउसमा आइतबारबारट फेस्टिवल सुरु भएको हो ।
आइतबार र सोमबार चल्ने मेलामा अर्गानिक उत्पादनलाई स्थान दिइएको छ । अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नको लागि फेस्टिवलको आयोजना गरिएको व्न्जन हाउसले जनाएको छ । फेस्टिवलमा अर्गानिक फुड स्टल, जाडोका कपडाका स्टल, लाइभ फुड स्टल, लाइभ बेकरी, लाइभ गीत संगीतको व्यवस्था रहेको छ ।
फेस्टिवलको अवसरमा व्यन्जन हाउसले रेस्टुरेन्टका परिकारमा १५ प्रतिशत छुट दिएको छ ।