नाटक ’समयको पीडा’ आजबाट मञ्चन शुरू

नाटक ’समयको पीडा’ मञ्चन शुरू

काठमाडौँ । नाटक ’समयको पीडा’ आजबाट मञ्चन भएको छ । सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक आजबाट रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा मञ्चन भएको हो ।

कलाशी प्रोडक्शन हाउस प्रा.लीको प्रस्तुतिमा रहेको नाटक साहित्यकार पद्यावती सिंहको कथा ‘समयको पीडा’ को नाट्य रूपान्तरण रहेको निर्देशक सुन्दर धितालले बताउनुभयो । रोजगारी लागि नेपालबाट विदेशिएका नेपालीहरु नफर्केपछि एक्लिएका बा-आमाको पीडालाई नाटकमा समावेश गरिएको छ । समय जति बित्यो उमेर बढ्दै जान्छ । उमेर सँगै आफ्नो सन्तती पनि घट्ने रहेछन् । यो साच्चै नै समाजको मात्र होइन सिङ्गो देशमा समयको पीडा हो भन्ने सन्देश नाटकमा रहेको छ ।

नाटक विद्यालय बुकिङ शोका रूपमा अगाडि बढाउने तयारी रहेको सगुन पोख्रेलले बताउनुभयो । उहाँले विद्यालयहरूको बुकिङ अनुसार नाटकका विभिन्न शो हरू प्रस्तुत गरिने जानकारी दिनुभयो । पाठ्यक्रममा आधारित कथा वस्तुमा समावेश नाटक भएकाले यसलाई विद्यार्थी केन्द्रीत गरिएको पोख्रेलले बताउनुभयो ।

नाटकमा विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोरो), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (ज्वाइँ), पुणर् गन्धर्व (साथी), नवीन प्याकुरेल (सेवक), कपिल दिप काफ्ले (पसले) र विपिन जैसवाल डाक्टर पात्रको भूमिकामा रहनु भएको छ ।

कथा कक्षा नौको अनिवार्य नेपाली विषयमा समावेश रहेको ’समय पीडा’ को रुपान्तरण रूप हो ।

1.0/5.0 Article rating
1 Review
तपाइलाइ यो पोस्ट पढेर कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
  1. आक्रोशित
  2. उत्साहित
  3. अचम्मित
  4. दुःखी
  5. खुसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button